कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीको सरकार सुरक्षित

साउन १८, सुर्खेत – कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार सुरक्षित भएको छ ।
सर्वोच्च अदालतको सोमबारको फैसलाले कर्णाली प्रदेश सभाका एमालेका चार सांसद्ले पद गुमाएसंगै कर्णाली सरकार सुरक्षित भएको हो।
कर्णाली प्रदेशमा ४० सदस्यीय रहेका थिए ।तर, एमाले प्रवेश गरेका माओवादी केन्द्रका सांसद् धर्मराज रेग्मी पदमुक्त भएपछि ३९ सदस्यीय रहँदै आएको थियो।


सोमबार एमालेका ४ सांसद् पदमुक्त भएपछि प्रदेश सभाको आकार ३५ सदस्यीय भएको छ।अब प्रदेश सभामा एमालेका १६ जना (सभामुखसहित), माओवादी केन्द्रका १२ जना, कांग्रेसका ६ जना र राप्रपाका १ जना सदस्य छन्।
३५ सदस्यीय प्रदेश सभामा बहुमतका लागि १८ सांसद चाहिन्छ, अहिले माओवादीका १२ र कांग्रेसका ६ गरी १८ सदस्य नै रहेकाले सरकार सुरक्षित रहेको हो ।
गत वैशाखमा एमालेका सांसद्हरुले पार्टी ह्विप उल्लंघन गर्दै विश्वासको प्रस्तावमा मत दिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता सुरक्षित भएको थियो। वैशाख ३ मा भएको मतदानमा शाहीले २२ मत पाएका थिए।
