सुजिता ठाकुर ह,त्या प्रकरणमा उनका बुबासहित ७ जना प,क्राउ
जनकपुरधाम – महोत्तरीको लोहारपट्टी नगरपालिका,७ भ्रमरपुराकी सुजिता ठाकुरको ह,त्याको घटनामा उनका बाबु सहित अन्य तिन जनालाई प्रहरीले प,,क्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टका अनुसार मृतक सुजिताका बुबा ५० वर्षीय कामेश्वर पाण्डे, जनकपुर उपमहानगरपालिका १४ धनुषाका ५५ वर्षीय प्रमोद मण्डल र घटनाका प्रतिवादी रुपेश ठाकुरकी दिदी ३५ वर्षीया अन्जु ठाकुर चौधरललाई प,क्राउ गरिएको हो।
जता जेठ २० गत्ते वेपत्ता भएकि सुजिताको असार २७ गते घरदेखि केहि पर निर्माण भईरहेको सेफ्टी ट्यांकीमा फेला परेको थियो। सुजिताको ह,त्यामा संलग्न अन्य ४ व्यक्तिलाई प्रहरीले यसअघि नै प,क्राउ गरेर सार्वजनिक गरिसकेको छ ।
प,क्राउ परेका सुजिताका देवर २९ वर्षीय रुपेश ठाकुर, भ्रमरपुरा,७ का ३७ वर्षीय किशोरी मण्डल, ३३ वर्षीय आदम राईन र ३२ वर्षीय नथुनी मण्डल हाल प्रहरीकै नियन्त्रणमा छन् । सुजिताका बुवालेनै सुजिताको ह,त्या गर्न पटकपटक कुरा गरेको अडियो रेर्कडबाट देखिएको डिएसपी प्रकाश विष्टली बताए।
उनले मृ,तक सुजिताका देवर रुपेश ठाकुरसँग सुजिताको हत्या गर्न पटकपटक कुरा गरेको अडियो रेर्कडबाट जानकारी हुन आएको उनले बताए।सुजिताको ह,त्याको खबर पाएपछि बाबु कामेश्वरले बच्चाको नाममा जग्गा राखिदिनुपर्ने भनेर बार्गेनिङ गरेको र केही सीप नलागेपछि अरु व्यक्तिमार्फत प्रहरीमा आएको देखिएको डीएसपी विष्टले जनाए ।
प,क्राउ परेकी रुपेश ठाकुरकी दिदी चौधरीले घटना लुकाएको र मण्डल सुजिताको शव सेप्टिक ट्यांकभित्र दबाउने कार्यमा संलग्न देखिएको प्रहरीले जनाएको छ ।
प्रमोदले भने ह,त्या गरिएकी सुजिताको शव खेतमा गाडेको र २९ गते त्यहाँबाट उत्खनन् गरी ५ सय मिटर टाढाको सेफ्टी ट्यांकीभित्र लुकाउन संलग्न देखिएको प्रहरीको भनाइ छ । घटनामा थप अन्य व्याक्ति संलग्न भएको नभएको आनुसन्धान अझै भईरहेको समेत प्रहरीले जनाएको छ।