Gold

कुलमानलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्रीको देउवाको निर्देशन

Naumule Migrate

काठमान्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् ।

आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न देउवाले ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाललाई निर्देशन गारेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कुलमान घिसिङ्गको कार्यकाल एक वर्ष सकीएपछि केपी ओली सरकारले आफू निकट हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएको थियो। जसको चौतर्फी विरोध भएको थियो।

ऊर्जामन्त्री भुसालले शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री देउवालाई मंगलबार ब्रिफिङ गरेकी थिइन् । त्यसपछि देउवाले शाक्यलाई राजीनामा गर्न लगाएर घिसिङलाई नियुक्तिको प्रक्रिया थाल्न निर्देशन दिएका थिए ।

तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको प्रवन्ध निर्देशकको रुपमा घिसिङको प्रवेश भएको थियो। नेपालमा भईरहेको २४ घन्टे लोडसेडिङ्गलाई अन्त्य गरेर उज्यालो अभियन्ताको रुपमा चिनिने गरेका घिसिङको नेपालीको मन मुटुमा बस्न सफल भएका छन्।

 

Naumule Badhipahiro