Simta
Simta
lekbesi

विद्युत् प्राधिकरणलाई घाटामा पुर्याउने शाक्यलाई सरकारले माग्यो राजीनामा

Gurvakot

साउन १९, काठमान्डौ – सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरेको छ ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले अहिलेसम्मको कार्यसम्पादन पनि सन्तोषजनक नभएकाले पदबाट हटेर सहयोग गरिदिन शाक्यसँग आग्रह गरेको स्रोतले जनाएको छ ।

पछिल्लो समय नाफामा रहेको विद्युत प्राधिकरण अहिले घाटामा चलिरहेको छ। प्राधिकरणको वर्तमान व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्दै ऊर्जामन्त्रीले राजीनामा मागेको श्रोतको दाबी छ।

lekbesi

निवर्तमान केपी ओली सरकारले २०७७ माघ २७ गते शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । नेपाल विद्युत् प्राधिकरका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा नाफामा रहेको प्राधिकरण अहिले घाटामा चलिरहेको छ।

यस्तै २४ घन्टाको लोडसेडिङ्गलाई अन्त्य गरेर उज्यालो अभियन्ताको रुपमा चिनिने गरेका घिसिङलाई कार्यकला समाप्त भएपछि पुन:प्राधिकरणमा नियुक्त गर्न जनताले माग गरेका थिए।

तर केपी ओलीले आफू सत्तामा रहँदा ठाडो निर्देशनमा हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए। उनको नियुक्ति पछी अहिले देश भरमा जनताले लोडसेडिङ् खेप्नु परेको छ।

उक्त कार्यको जनताले विरोध गर्दै आईरहेका छन्। शाक्यको राजीनामा लगतै प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन्।

 

 

Simta