Simta
Simta
lekbesi

दैलेखमा स्वास्थ्य चौकी तोडफोड गरेर ल्यापटप सहित औषधि चोरी

Gurvakot

दैलेख – कर्णाली प्रदेशको दैलेख आठबीस नगरपालिका ५ पिपलकोटमा रहेकाे स्वास्थ्य चौकीमा तोडफोड भएको छ। अज्ञात व्याक्तिहरुले स्वास्थ्य चौकीको ढोका झ्याल फोरेर तोडफोड गर्नुका साथै ल्यापटप र औषधिलगायतका सामग्री चोरी गरिएको पाईएको हो।

स्वास्थ्य चौकीमा रहेका ल्यापटप, सोलारका सामग्री, मास्क, स्यानिटाइजर, न्यानो झोलासमेत चोरी भएको चाह यी समान केहि दिन अगाडीमात्र स्वास्थ्य चौकीमा खरिद गरेर ल्याईएको थियो।

स्वास्थ्य चौकीको पाँच वटा दराज र तीन वटा टेबल तोडफोड हुँदा झन्डै तीन लाख रुपैयाँ बराबरको क्षति भएकाे आठबीस ५ का वडाध्यक्ष कर्णबहादुर आलेले जानकारी दिए।

lekbesi

तोडफोड र सामाग्री चोरी भएपछि घटनाको अनुसनधान भईरहेको इलाका प्रहरी कार्यालय राकमका इन्चार्ज एवम् प्रहरी नायब निरीक्षक (सई) पुष्प कडायतले बताए।

Simta