surkhet

पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल

surkhet

साउन २० काठमान्डौ- नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको छ।भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा सर्जन डा. सन्दिप गुलेरिया नेतृत्वको चिकित्सक टोलीले बुधबार सफलतापूर्वक खनालको मिर्गौला प्रत्यारोपण गरेको हो।

Gorkha

खनालको मिर्गौला प्रत्यारोपण सफल भएको उनको सचिवालयले जनाएको छ। अब खनाल केहि समय अस्पतालमा आराम गरेर केहि दिन पछि नेपाल फर्किने उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताए।

स्वास्थ्यमा समस्या आएपछि गत असार २ गते उनलाई उपचारको लागि दिल्ली लगिएको थियो। ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि जेठ ३१ गते काठमाडौं‌को नर्भिक अस्पताल भर्ना गरिएपछी खनालको स्वास्थ्यमा सुधार नदेखीएपछि चिकित्सकले दिल्ली लैजान सल्हा दिएका थिए।

salyan