दार्चुला घटनामा भारतको दादागिरी भो सार्वजनिक रुपमा क्षमायाचना माग्नुपर्छ : श्रेष्ठ
साउन २० काठमान्डौ- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दार्चुलामा तुइनको तार काटिदिएकै कारण जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको दाबी गरेका छन् ।
राष्ट्रियसभाको बुधबार बसेको बैठकमा श्रेष्ठले यस्तो बताएका हुन्। श्रेष्ठले प्रारम्भिक तथ्यहरूले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नै तुईन काट्दा धामी महाकाली नदीमा वेपत्ता भएको बुझिन्छ। यस्तो अमानीय, उत्पीडनकारी र क्रुर कार्यको भर्त्सना गर्नुपर्छ । भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छ श्रेष्ठ भने।
घटनाका दोषीलाई तत्काल कारबाही गर्न र अबका दिनमा यस्ता हेपाहा प्रवृति नदोहोर्याउन समेत उनले जोडदार माग गरेका हुन।उक्त घटनाका सन्दर्भमा नेपाल सरकारले छानबिन समिति बनाएर कुटनीतिक माध्यमबाट समस्या समाधान गर्न आवश्यक कदम चाल्ने दृढता प्रकट गरेकोमा ठिक रहेको भन्दै छानबिन समितिको प्रतिवेदन छिटो ल्याइ दोषीमाथि कारबाहीका लागि भारत सरकारसँग माग गर्न र पीडित परिवारलाई उचित राहत दिन सरकारसँग श्रेष्ठको माग छ।
नेपालससंग भारतको असल मैत्रपूर्ण सम्बन्ध कायम रहेको र दुई देशबीच रहेका समस्या वार्ता र सम्वादको बाध्यमबाट हल हुनुपर्ने उनको भनाई थियो। यस्तै राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताविरुद्ध हेपाहा व्यवहार कहिल्यै नसहने समेत उनले चेतावनी पनि दिनुभयो दिए।
भारतले पटक–पटक सीमामा अतिक्रमण गरिएको र विदेशीको तटबन्ध र बाँधका कारण कतिपय बस्ती डुबानमा परिरहेको भन्दै विदेशी हस्तक्षेपविरुद्ध सबै एक हुन पनि राजनीतिक दललाई आग्रह गरे।
गत शुुक्रबार १५ गते बिहान दार्चुलाको व्यास गाउँपालिकाबाट भारतको उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा आउदै गर्दा मालघाटमा तुईन बाट महाकाली नदी तर्ने बेलामा भारतीय एसएसबिले तुईन काटदा सोहि गाँउपालेकाका ३५ वर्षिय नेपाली नागरिक जय सिंह धामी बेपत्ता भएका छन्।