सर्वोच्चले ठाकुरको रिट निवेदनमा अन्तरिम आदेश जारी नगर्ने

काठमान्डौ- निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
बुधबार सुनुवाइ गर्दै ठाकुरको रिट निवेदनमा न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले अन्तरिम आदेश जारी गर्न अस्विकार गरेको हो।

साउन ११ गते आयोगले जसपाको आधिकारिकता यादवलाई दिएको थियो । यस्तै विपक्षी उपेन्द्र यादव र निर्वाचन आयोगलाई भने सर्वोच्चले १५ दिनभित्र कारण देखाउ आदेश जारी गरेको छ ।

