माकुने राजनीतिके क्यानसर हो, काटेर फाल्न आवश्यक छ : गुरु भट्टराई

काठमाडौं – नेपाल रेल्बे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु प्रसाद भट्टराईले आफुलाई स्पष्टिकरण लिन र पदबाट बर्खास्त गर्न प्रचण्ड र माधव कुमार नेपालको दवाब रहेको बताएका छन।
आफुलाई स्पष्टिकरण सोधिएकोबारे भट्टराईले सामाजिक संजाल फेसबुक मार्फत जवाफ फर्काउदै यस्तो बताएका हुन।
मलाइ स्पष्टिकरण लिन र पदबाट बर्खास्त गर्न मुख्य रुपमा प्रचन्ड र माधव नेपालको भिषण दवाब रहेछ मलाई देखेर तिन कान्ला हाम फाल्नेहरु यो देश बनाउँछन भनेर कल्पना गर्नुरु म लाखौको जागीर छोडेर ५० हजारको जागीर खान बाध्यताले आएको हो ।


त्यो बाध्यता मुलुक निर्माण र जनताको खुसहालीको निम्ति होः मेरो आफ्नै ब्यक्तिगत चाहना हैन उनले लेखेका छन ।
‘माधव नेपाल र प्रचन्डले राजनीतिको नाममा मुलुक लुट्ने र जनताको आन्द्रा चुस्ने काम गरेको बिपक्षमा जन हित र लोकतन्त्रको पक्षमा बोल्दा मेरो आचरण खराब भो ?
भन्दै प्रश्न गर्नुहुन्छ ‘मैले त घोषित रुपमा भनेको हुँ, माधव नेपाल कहाँ बाट चुनाव लड्छन, २ महिना म त्यहि बिताउने वाला छु। म संग जोरी खोज्ने माकुनेलाइ मैदानमा हिसाब किताब गर्छु।
’त्यस्तै, उहाँले बिपक्षी दलको सरकार बनाउँन हिड्ने अराजनितिक मान्छे कहाँ पुग्छन ।‘म त घोषित रुपमा भन्दैछु माकुने राजनीतिके क्यानसर हो, काटेर फाल्न आवश्यक छ भट्टराईले लेखेका छन।
