surkhet

कर्णाली दैलेख नौमुले गाँउपालिकाका अध्यक्ष भदे बुढाले राहतको ९० बोरा चामल लुकाएको अवस्थामा फेला

surkhet

साउन २१ सुर्खेत – कर्णाली प्रदेश दैलेख जिल्लाको नौमुले गाँउपालिकाका अध्यक्ष भदे बुढाले राहतको नाममा खरिद गरेको ९० बोरा चामल लुकाएको अवस्थामा सडेर किरा परेको अवस्थामा फेला परेको छ।

अघिल्लो लकडाउनमा स्थानीय नागरिकलाई राहत वितरण गर्ने नाममा नेपाल खाद्य सस्थान दैलेखसंग रु २७ लाखको चामल नौमुले गाँउपालिकाले किनेको थियो।

गाँउपालिकाले राहतको नाममा सित्तैमा वितरण गर्ने चामल बजार मुल्य भन्दा चर्को मुल्यमा किनेको समेत फेला परेको थियो। चार थरिको चामल जनतालाई खुवाउने भन्दै किनेको चामल अखाद्य गुणस्तरहिन अवस्थामा फेला परेपछि जनताले गुनासो गरेपछि उक्त चामल लुकाउन गाँउपालिकालाई आपत समेत परेको थियो।

Dailekh

गाँउपालिकाका अध्यक्ष भदे बुढाले राहतको ९० बोरा चामल लुकाएको अवस्थामा किरा परेको छ ,

Gorkha

अध्यक्ष भदे बुढाले खाद्य संस्थानको लोगो भएको चामल स्याक नेपालको भवनको पछाडिको कोठामा लुकाईराखेका थिए। करिब ८०/९० बोराको हाराहारीमा सो चामल सडेको अबस्थामा छ ।

उनले भित्र भित्रै अखाद्य अवस्थामा राहेको चामल विभिन्न वडाको विपन्न बस्तीका सोझा मानिस हरुलाइ बेचेको समेत खुल्न आएको छ। गाँउपालिकाका अध्यक्ष भदेले राज्यको बजेटको चरम दुरुपयोग गर्द्दै व्यापार गरेपछि स्थानीयले तत्काल कारबाही गर्न सम्बन्धित निकायसंग आग्रह गरेका छन्।

बुढाले खुलमखुल्ला भ्रष्टाचारसमेत गर्दै आईरहेका छन्। अखाद्य भईसकेको चामल त्यसैमा गाँउपालिकाले चामाल बिक्रि गर्दा राज्यले कारबाही गर्छ वा कहिले गर्ने भन्दै जनताले प्रश्न गरेका छन्।

राज्यलाई भारी कर तिरेर संचालित खाद्य पसल संचालकहरु के गरेर बाँच्ने हुन् गाँउपालिकालेनै पसल थापेर बस्ने सुर गर्यो। कानुन विपरीत काम गरि यसरी राज्यको सम्पत्तिको दुरुपयोग गर्ने भदे बुढालाई तात्काल कारबाही नगरे आफूहरु आन्दोलनमा उत्रने स्थानीय बताउछन।

गत स्थानीय चुनवामा भदे बुढा नेपाली कांग्रेसबाट चुनिएका थिए। उनि पहिले पनि जडिबुटी तस्कर हुन् उनका दुई श्रीमती छन्। उनले राज्यको सम्पति चरम दुरपयोग गर्दै वुटवलमा घर बनाएका छन्।

 

 

 

 

 

salyan