थप ३,९३८ जनामा कोरोना संक्रमण २,०१२ निको

साउन २१ ,काठमान्डौ – गत २४ घन्टामा नेपालमा थप ३ हजार ९३८ जनामा कोरोना संक्रमण फेला परेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८७० पीसीआर परीक्षणमा ३००७ जना र ६ हजार ५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै मन्त्रालयका अनुसार गत २४ घन्टामा २०१२ निको भएका छन्। यस्तै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ भने ६ लाख ६३ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै गत २४ घन्टामा ३७ जनाको निधन भएको छ यो संगै हाल नेपालमा ९ हजार ९९४ जनाको मृत्यु भएको छ। हाल मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ जना रहेका छन् ।

lekbesi