surkhet

स्कुटर छोडेर भागेका तीन जनाबाट पेस्तोल बरामद

surkhet

साउन २१ ,काठमान्डौ – काठमाडौँको गोङ्गबुबाट पेस्तोलसहित तिन जनालाई प्रहरीले प,क्राउ गरेको छ।

काठमाडौँ महानगरपालिका,२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट तिन जनालाई पेस्तोल सहित नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए।

Gorkha

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले आरके रेष्टुराँबाट धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगरलाई बुधबार साँझ प,क्राउ गरेको हो ।गोङ्गबुको विजी मलअगाडि सडकमा जाँचका क्रममा स्कुटर छाडेर भागेपछि शंका लागेर प्रहरीले पिछा गरेको थियो।

Dailekh

आरके रेष्टुराँमा लुकेर बसेका उनीहरुबाट एक थान पेस्तोल, एक थान म्यागजिन, पाँच राउण्ड गोली, दुई थान खुकुरी र गाँजा बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएका उनीहरुमा अनुसन्धान गरिरहेको जनाएको छ।

salyan