surkhet

महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर यस कारण भत्काइयो

surkhet

काठमान्डौ – महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर भत्काईएको छ। संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको हो ।

काठमाडौं महानगरपालिका ३० मैतीदेवी स्थित रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर सरकारले २ करोड ५० लाखमा किनेको हो। उक्त घरलाई नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो।

Gorkha

महाकवि लक्ष्मीप्रसाद देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा प्रतिष्ठानले राम्रो काम गर्नकै लागि घर भत्काएको होला भन्ने विश्वास रहेको प्रतिक्रिया दिएकि छिन ।

Dailekh

एकेडेमीमा सबै बुद्धिजीवी व्यक्तिहरु बस्नुहुन्छ ,उहाँहरुको तजबिजले राम्रै गर्नुहुन्छ भन्ने आशामा छु उनले भनिन। देवकोटाले सो घर वि.सं. १९९० सालतिर किनेको बताइएको छ ।

salyan