भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि विरोध प्रदर्शन

काठमान्डौ – वर्तमान सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि विरोध प्रदर्शन भएको छ । नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बिहीबार मनोहरा सुकुम्बासी बस्ती क्षेत्रमा प्रदर्शन गरेको हो ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्ने आसपासनले २०७७ बैशाख २ मा देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो।
वर्तमान शेरबहादुर देउवा सरकारलले १९ साउनमा आयोग खारेज गरेको हो। आयोग खारेज गरिएपछि सरकारविरुद्द कपी ओली निकट राष्ट्रिय युवा संघले चर्को नाराबाजी गरेको छ।
यस्तै देउवा सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेको विरोधमा नेपाल भुमिहिन सुकुम्वासी संगठनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संगठनकी अध्यक्ष शान्ता चौधरीले बिहीबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेकी हुन् ।
यता आजको आन्दोलनका तस्विरहारुलाई लिएर सामाजिक संजालमा चर्को आलोचना गरिएको छ। आन्दोलनमा सुनका चेन लगाएकाहरुनै जग्गा चाहियो सरकार भन्दै उफ्रने गरेको पाईएपछि कस्ता व्याक्तिको हातमा भूमिसम्बन्धी आयोग गठन गरिएको भन्ने प्रस्ट बुझीएको बताईएको छ ।
यस्तै नेपाली कांग्रेसका नेता गगन थापाले भने भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज नभएको आयोगमा भर्ति गरिएका कर्मचारी खारेज गरिएको बताए।
भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गा पाउछन त्यसको लागि छानबिन हुन्छ तर आयोगको नाममा भरती गरिएका ७७ जिल्लाका कर्मचारी खारेज गरिएको हो आयोग होइन उनले भने।
