अबैध रुपमा भारतबाट ल्याउदै गरेको नौ वटा रांगा ( पाडा) सशस्त्र प्रहरीको नियन्त्रणमा

साउन २२ ,नवलपरासी पश्चिम – नवलपरासी पश्चिम सशस्त्र प्रहरीले पाडा पक्राउ गरेको छ । सशस्त्र प्रहरी नेपाल बि ओ पी गुठी परसौनीको मोबाइल गस्ती टोली बिहिवार बिहान ३ बजे प्रतापपुर गाउँपालिकाको वडा नं ५ बैदौली पुलबाट राति बिहान ३ बजे ९ वटा पाडा पक्राउ गरेको हो ।

पक्राउ परेका पाडाको मुल्य अन्दाजी १ लाख ८० हजार मूल्य बराबर रहेको छ । पाडाहरु भारतबाट भन्सार छलि ल्याइएकोले आवश्यक कार्यवाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी नेपाल गण नं २६ बेलाशपुर नवलपरासी पश्चिमका सुचना अधिकारी माधव रेग्मीले जानकारी दिए ।
रविन्द्र यादव,नवलपरासी पश्चिम