म सजिलै राजीनामा दिन्न :हितेन्द्र देव शाक्य

साउन ,२२ काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आफूले सजिलै अहिलेको जिम्मेवारीबाट राजीनामा नदिने बताएका छन् । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुषाललाई भेटेर शाक्यले राजीनामा नदिने जानकारी गराएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा मन्त्री भुषालले शाक्यलाई राजीनामा दिनआग्रह गरेकी थिइन् । शाक्यको ठाउँमा कुलमान घिसिङलाई ल्याउने सरकारको तयारी छ ।

मन्त्री भुषालले भने शाक्यको कार्यसम्पादन चित्तबुझ्दो नभएकोले स्पष्टीकरण सोधिएको बताएकी छिन् । यसअघि हिजोमात्रै शाक्यले आफुलाई सरकारले जहाँ पठाएपनि जान तयार रहेको बताएका थिए ।

 

lekbesi