दार्चुला घटना छानबिन गर्न पुगेको समिति लापत्ता : कोमल वली
साउन ,२२ काठमाडौं- राष्ट्रिय सभा सदस्य कोमल वलीले दार्चुलाको तुईन घटन जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द नब्बोलेको भन्दै आलोचना गरेकी छन् ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै वलीले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको र समिति बनाएर टार्न खोजेको बताइन् । यस्तै ओलीले घटनामा सरकार एक शब्द नबोनुले विपी कोईरालाको अपमान भएको बताएकि हुन्।
वीपी कोइरालाले छिमेकी देश भारत र चीनसँग ठाडै सम्वाद गर्ने गरेको स्मरण गराउँदै सरकारले भारतसंग संवाद गर्न नसक्नु विपीको अपमान हो वलीले भनिन।
नेपाली जनताको अपमान हुँदा, तुइन काटेर एउटा युवालाई मारिँदा एक शब्द नबोल्ने ? समिति बनाएर टार्ने ? यही हो बीपीका अनुयायीहरुको चरित्र ? यो बीपी कोइरालाको अपमान हो ।
बीपीले बनाएको पार्टीको अपमान हो । नेपाली कांग्रेसका कार्यकर्तामाथिको अपमान हो भन्दै उनले प्रश्न गरिन । प्रतक्षदर्शी लगायत साराले तुई कात्तेको भनेपछि के क्कुरामा पर्खाई हो उनले भनिन। तुईन घटनाका दोषीलाई तत्काल कारबाही गर्न पनि वलीले बताइन।