Simta
Simta
lekbesi

भूमि आयाेग खारेजीकाे निर्णय बदर गर्न माग गर्दै सर्वाेच्चमा रिट पेसी पनि तोकियो

Gurvakot

साउन ,२२ काठमाडौं- सरकारले भूमि आयोग खारेज गरेको विरोधमा सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । अधिवक्ता प्रवेश केसीले शुक्रवार दिउँसो भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वाेच्चमा रिट दर्ता गराएका हुन् ।

रिट निवेदनमाथि आइतबारका लागि पेसी तोकिएको छ । मन्त्रिपरिषद्को साउन १९ गतेको बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्ने आसपासनले २०७७ बैशाख २ मा देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो। यस्तै आयोग खारेज गरिएपछि सरकारविरुद्द कपी ओली निकट राष्ट्रिय युवा संघले चर्को नाराबाजी गरेको छ।

Simta