भूमिहीन तथा सुकुम्वासी समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्न माओवादी केन्द्रको माग

काठमाडौं- नेकपा माओवादी केन्द्रले संविधान तथा कानुनका आधारमा सुकुम्वासी, भूमिहीन गरिब किसानको समस्या समाधान गर्न च्चस्तरीय आयोग गठन गर्न सरकारसमक्ष अनुरोध गरेको छ ।

शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले उच्चस्तरीय आयोग गठन गर्न सरकारसमक्ष माग गरेको नेता नारायणकाजी श्रेष्ठले बताए। यस्तै गठबन्धनको कार्यदलले तयार पारेको साझा न्युनतम कार्यक्रम तत्काल सार्वजनिक गर्न पनि बैठकले माग गरेको हो ।

त्यस्तै माओवादी केन्द्रले लुम्बिनी प्रदेश सभा सदस्य विमला ओलीलाई अपहरण गरी मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाएकोप्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ। गत १५ गते आफूलाई अपहरशैलीमा जबरजस्ती मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ल्याएर बन्धक बनाएको सांसद विमला ओलीले बताएकि थिइन्।

lekbesi