एमालेले सांसद अपहर गरेपछि माओवादी केन्द्रले भन्यो लज्जास्पद, निकृष्ट राजनीति

काठमाडौं- नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सभा सदस्य विमला वलीलाई अपहरण गरी मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाएकोप्रति गम्भिर ध्यानाकर्षण गर्दै आक्रोस पोखेको छ।

शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले मुख्यमन्त्रीको निवासमा सांसदलाई बन्धक बनाउनु आपराधिक आक्रमण भएको बताएको छ। ‘यो घटना नेपालको लोकतन्त्र, राजनीति, मानव अधिकार र व्यक्तिको स्वतन्त्रतामाथिकै लज्जास्पद, निकृष्ट भएको भन्दै केन्द्रले घटनाको भर्त्सना एवं घोर निन्दा गरेको हो।

सांसद विमला वलीलाई गत १५ गते नेपालगंज जाने भन्दै एमालेका नेता कार्यकर्ताले जबरजस्ती वुटवलमा ल्याएर मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाएर राखेका थिए।

lekbesi

शंकर पोखरेलको निवासमा ल्याएर बन्धक बनाईयो जबरजस्ती एमालेमा फर्किएको भनेर वक्तव्य जारी गर्न लागाएको समेत वलीले जनाएकि हुन्। एमालेले बन्धक बनाएकि सांसद विमला ओली २० गते बाथरुम जाने निहुमा ट्वाईलेटक चप्पल लगाएर त्याँहाबाट निस्केकी थिइन्।

दाङ निर्वाचन क्षेत्र नम्बर ३ ख बाट एमालेमा निर्वाचित विमला वलीले एमालेको कार्य नीति ठिक नभएपछि र भविष्य नभएको भन्दै बैशाख २० गते विज्ञप्ति निकालेर नेकपा माओवादी केन्द्र रोजेकी थिइन्।

आफ्नो सांसद एक्कासी सम्पर्क विहिन भएपछि माओवादी केन्द्रले सम्पर्क ल्याउने कोसिस गरेको थियो। तर सम्पर्क विहिन भएकि वली एका -एक एमालेमा नै रहेको विज्ञप्ति आएपछि सबैको ध्यानआकर्षण भएको थियो।

बन्धक बनाईएकि सांसद वली माओवादी केन्द्रको सम्पर्कमा आएपछि एमालेले अपहरण गरेको खुलेको हो। यो घटनाको अहिले चौतर्फी आलोचना भईरहेको छ। राजनीतिको यो हदको भ्रष्टीकरण, स्खलन र अपराधीकरणबाट मुलुकलाई बचाउन सबै लोकतान्त्रिक र वैधानिक उपायका लागि सबैलाई नेता नारायणकाजी श्रेष्ठले अपील गरेका छन् ।