बालाजुको नेविकोट बिस्कुट कम्पनीमा भिषण आगलागी

साउन २३ ,काठमाडौं- बालाजु औद्योगिक क्षेत्रमा रहेको नेविकोट बिस्कुट कम्पनीमा भिषण आगलागी भएको छ। शुक्रबार राति दुई बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन।

आगो नियन्त्रणमा ल्याउन बिहानै देखि सिम्रिक एयरको हेलिकप्टरबाट पानि हाल्ने काम भईरहेको छ। यस्तै आगो निभाउन १९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्र राति देखिने खटाईएको छ।

आगो कम्पनि भित्रबाट सल्किएको कारण निभाउन कठिन भएको बालाजु वृत प्रहरी कार्यालयले जनाएको छ। आगलागीको कारण भने खुल्न सकेको छैन क्षति विवरण आउन बांकी रहॆको छ।

lekbesi