बाख्रीको पहिचान हुने अंग लुकाएर खसीको मासु भनेर बेच्ने प,क्राउ

साउन २३, काठमान्डौ – खसिको मासु भनेर बाख्रीको मासु बेच्ने चार जनालाई प्रहरीले प,क्राउ गरेको छ । उनिहरुले बाख्रीको पहिचान हुने अंग काटेर लुकाएको पनि प्रहरीले जनाएको छ ।

प,क्राउ पर्नेमा पसल सञ्चालक भारतको बिहार, बहराइज घर भई कलंकी बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, सोही ठाउँका २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसी रहेका छन् ।

कालीमाटीबाट खटिएको प्रहरी टोलीले आज शनिबार बिहान पाँच बजे कलंकीको खसी बजारबाट उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

lekbesi

यस्तै पसलबाट बिक्री गर्न राखिएका १५ वटा बाख्री र बेच्न राखीएको तयारी बाख्रीको मासु पनि प्रहरीले बरामद गरेको छ ।