एमाले माधव पक्षको पिपुल्स् भोलेन्टियरको “राष्ट्रका लागि” अभियान अन्तर्गत शिक्षण अस्पताल सरसफाई

साउन २३ ,काठमाडौं- एमाले वरिष्‍ठ नेता माधवकुमार नेपाल पक्षको युवा संघ ‘पिपुल्स् भोलेन्टियर’ ले त्रिवि शिक्षण अस्पताल परिसर सरसफाई गरेको छ।

महिनाको २ दिन, दिनको २ घण्टा मेरो राष्ट्रका लागि” अभियान सञ्चालन गर्ने पिपुल्स् भोलेन्टियर’ले निर्णय गरेको छ। सोहि निर्णयलाई पालना र कार्वान्यन गर्दै संगठनले शनिबार शिक्षण अस्पताल परिसर सरसफाई गरेको हो।

lekbesi

नेपालनिकट युवा संघ नेपालले युवाहरुलाई समाजप्रतिको दायित्व र कर्तव्यबोध गराउने तथा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले ‘महिनामा २ दिन, २ घण्टा मेरो, राष्ट्रका लागि’ नामक स्वयसेवकीय अभियान सञ्चालन गरि एको महाससचिव दिपक जीएमले रंग दर्पणलाई बताए।उक्त अभियान प्रत्येक महिनाको दुई वटा शनिबार दुई दुई घण्टा देशैभरि निरन्तर सञ्चालन हुने जीएमले बताए।

तस्विर : महासचिव दिपक जीएम