कर्णाली दैलेखमा चोरको बिगबिगी भैंसी किन्न आएको भन्दै लुटपाट

साउन २३ ,काठमाडौं- कर्णाली प्रदेशको दैलेख भैरबी गाउँपालिका,१ मा भैंसी किन्न आएको भन्दै बास मागेर एक घरमा अज्ञात समूहले लुटपाट गरेको छ।

स्थानीय ६९ वर्षीय सेते खत्रीको घरमा बिहीबार साँझ बास माग्न आएका तिन जनाले सेतेको परिवारलाई बेहोस बनाइ लुटपाट गरेको स्थानीयले बताएका छन्।

परिवारमा उनकी पत्नि ६९ वर्षीया माग्ली खत्री र छोरी ४८ वर्षीया नानकला खत्री बेहोस अवस्थामा रहेको बेला स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।सेतेको परिवारलाई बेहास अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

lekbesi

जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठका अनुसार बेहोस अवस्थामा भेटिएका तीनै जनालाई दैलेख अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सुर्खेत पठाइएको छ । उनीहरुलाई कुन कस्तो औषधि खुवाएर बेहोस बनाइएको हो भन्नेबारे नखुलेको डिएसपी श्रेष्ठले बताए ।

बनाएर बास माग्न आएका ३ जनाको अज्ञात समूहले सेतेको परिवारमा उनकी पत्नि ६९ वर्षीया माग्ली खत्री र छोरी ४८ वर्षीया नानकला खत्री रहेको प्रहरीले जनाएको छ । स्थानीयले शुक्रबार बिहान सेते, उनकी श्रीमती माग्ली र छोरी नानकलालाई बेहोस अवस्थामा फेला पारेका थिए ।

सेतेको परिवारलाई बेहास अवस्थामा फेला पारेका स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तिन जना अज्ञात व्याक्ति भैंसी किन्ने निहुँमा बिहिबार सेतेको घरमा बास माग्न भन्ने खुलेको छ। यस्तै दराज फोडेको आवस्थामा छ , के कति समान चोरी भयो भन्ने सेतेको परिवार उपचारपछि घर फर्कीएपछि मात्र थाहा हुन्छ श्रेष्ठले भने।

घटनामा इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरिक्षक नेत्र बुढाको नेतृत्वमा खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ । छिमेकीले तत्काल चोरी गर्ने व्याक्तिलाई पक्राउ गरि कारबाही गर्न माग गरेका छन्।

पछिल्लो सामय दैलेखमा आग्यात समूहले चोरी गर्दै आईरहेको छ। केहि दिन अगाडी दैलेख आठबीस नगरपालिका ५ पिपलकोटमा रहेकाे स्वास्थ्य चौकीमा तोडफोड गरेर स्वास्थ्य चौकीमा रहेका ल्यापटप, सोलारका सामग्री, मास्क, स्यानिटाइजर, न्यानो झोलासमेत चोरी भएको थियो।

स्वास्थ्य चौकीको पाँच वटा दराज र तीन वटा टेबल तोडफोड हुँदा झन्डै तीन लाख रुपैयाँ बराबरको क्षति भएकाे आठबीस ५ का वडाध्यक्ष कर्णबहादुर आलेले जानकारी दिएका थिए। घटनामा संलग्न हाल सम्म कुनै व्यक्ति प्रहरीले पत्ता लगाउन सकेको छैन।https://rangadarpan.com/articles/45782