विदेशबाट आएका कामदारलाई विमानस्थल बाहिर बाटोमा लुट्ने नक्कली डिएसपी प,क्राउ

काठमाडौं- वैदेशिक रोजगारीका क्रममा विदेश गएका कामदार प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली ल्याएका गहना लुटपाट गर्ने नक्कली डिएसपीलाई प्रहरीले प,क्राउ गरेको छ। भक्तपुर चागुँनारायण ४ बस्ने ३५ वर्षिय सिताराम गुरूङलाई प्रहरीले चावहिलबाट प,क्राउ गरेको जनाएको छ।

विदेशबाट नेपाल फर्किएका मानिस प्रयोग गरि तस्करी गरि ल्याएका सुनका गहना विमानस्थल गेट बाहिर सडक बाटोमा बस्ने र कामदारलाई एकान्तमा फेला पारी नेपाल प्रहरीको डिसपी हुँ भनि चेकजाँच गर्ने बहानामा लुटपाट गरेको आरोपममा उनलाई प,क्राउ गरिएको एसएसपी अशोक सिंहले जानकारी दिए।

नक्कली प्रहरी बनेर लुटपाट गरेको सूचना पाएपछि प्रहरीले विशेष टोली परिचालन गरी खोजतलास गरेको थियो। उनलाई महाराजगञ्ज वृत्तमा राखेर अनुसनान्धान भईरहेको प्रहरीले जनाएको छ।

lekbesi