Simta
Simta
lekbesi

प्रधानमन्त्री देउवालाई आदिवासीले भने (ढटुवा )

Gurvakot

साउन २५ ,काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासीलाई ढाटेको खुलेको छ। आज २७ औं विश्व आदिवासी दिवसका दिन प्रधानमन्त्री देउवाले शुभकामना दिन उपस्थित हुन्छु भनेर ढाँटेको आदिवासी जनजाति अगुवाले जनाएका छन्।

प्रधानमन्त्रीले आज १२ बजे भर्चअुल बैठकमा सहभागी भएर शुभकामना दिन्छु भनेपनि तीन बजेसम्म देखानपरेको आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले बताए।

सन् १९९४ देखि विश्वका करिब ९० देशका आदिवासीहरूले आदिवासी दिवस मनाउँदै आएका छन् । नेपालमा पनि गिरिजाप्रसाद कोइरालाको पालादेखि हरेक वर्ष प्रधानमन्त्री आफैं उपस्थित भएर आदिवासी जनजातीहरुलाई शुभकामना दिने प्रचलन छ।

lekbesi

केपी ओली प्रधानमन्त्री हुँदाको पालामा भने कोरोनाका कारण ओली उपस्तिथित हुन सस्केका थिएनन। यसपटकको आदिवासी जनजाति दिवसमा प्रधानमन्त्री देउवा भौतिक रुपमा उपस्तिथित हुन नसकेपनि भर्चुअल बैठकमै जोडिएर सुभकमाना दिने कार्यक्रम रहेको थियो। तर ३ बजे सम्म देउवाको झुल्कमान नभएपछि आदिवासी जनजातिहरु रिसाएका हुन्।

Simta