एसिड आक्रमणविरूद्ध बन्यो कडा कानुन एक जना जेल चलान

जनकपुरधाम- अब नेपालमा एसिड प्रहार गर्नेलाई कडा कारबाही हुने भएको छ। जनकपुरकी आरती साहमाथि एसिड आक्रमण गर्ने उनका श्रीमान् सन्जिव साहलाई धनुषा जिल्ला अदालतले दोषी ठहर गर्दै कडा कारबाहीको फैसला सुनाएको हो।

तर एसिड विक्रेता किराना पसल सञ्चालक नागेन्द्र साहलाई भने अदालतले सफाइ दिएको छ। २०७७ कार्तिक २९ मा दीपावलीका दिन आरतीमाथि उनका श्रीमान सञ्जिवले एसिड छयापेका थिए।

एसिडबाट आरतीको टाउको, अनुहार, छाती र पेटसम्म जलेको थियो भने आरतीकी ४ वर्षीया छोरी रियासमेत घाइते भएकी थिइन्। जनकपुरधाम उपमहानगरपालिका,४ स्थित स्थानीय नागेन्द्र साहले सञ्चालन गरेको निखिल स्टोर्स किराना पसलबाट एसिड किनेर लगेपछि लाइसेन्स र अनुमतिबिनै गैरकानुनी ढंगले नागेन्द्रले एसिड भण्डारण तथा बेचबिखन गरेको प्रहरी अनुसन्धानमा पाइएको थियो।

lekbesi

पीडित आरतीकी भाइ सञ्जय साहले ४ मंसिर २०७८ मा जनकपुरधाम उपमहानगरपालिका,२० बस्ने श्रीमान सञ्जिव साह र घटनामा मतियार बनेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-४ बस्ने नागेन्द्र साहविरूद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।

साहद्वयमाथि रसायनिक पदार्थ एसिड प्रहार गरी ज्यान मार्ने उद्योग र अंगभंगसम्बन्धी मुद्दा दर्ता भएको थियो। सोमबार धनुषा जिल्ला अदालत न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले एसिड प्रहार गर्ने श्रीमान्लाई दोषी ठहर गरेको हो भने एसिड बेचेका नागेन्द्र साहलाई सफाई दिएको हो।

सरकारले अध्यादेशमार्फत् फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी ऐन संशोधन गर्दै एसिड आक्रमणविरूद्ध कडा कानुन बनाएपछिको यो पहिलो फैसला हो। नेपालमा थुप्रै एसिड घटना छन् ,अबको दिनमा सरकार कसरि अगाडी बढ्छ भनेंमा भने हेर्न बाँकीनै छ।