एमालेमा अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव यस्तो छ विधान

काठमाडौँ – नेकपा एमालेमा अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव गरिएको छ । आज सोमवार च्यासलमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिव मात्रै निर्वाचित गर्नुपर्ने प्रस्तावलाई केन्द्रीय कमिटीले परिमार्जन गर्दै निर्वाचित हुने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित विधानमा अध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव एक, उपमहासचिव दुई र सचिव सात जना रहने व्यवस्था गरिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उहाँले अध्यक्षबाहेकका अन्य पदाधिकारीको चयन भने पार्टी केन्द्रीय कमिटीले गर्ने प्रस्ताव पनि संशोधनका लागि तयार पारिएको विधानमा उल्लेख गरिएको ज्ञवालीले बताए।

lekbesi

यस्तै, केन्द्रीय किमटीको संख्या २२५ बनाउनुपर्ने प्रस्ताव एमालले अघि सारेको छ । यी प्रस्तावहरु तल्लो कमिटीमा छलफलका लागि पठाइने र त्यहाँबाट आएका सुझावलाई विधान महाधिवेशनमा पेश गरिने भएको हो।