विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङ

काठमाडौं- विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङको फेरी ईनट्रि भएको छ। आज बुधबार दिउँसो ऊर्जा मन्त्रालय पुगेर नियुक्तिपत्र बुझेपछि पदबहाली गर्दै गर्दा प्राधिकरणमा कर्मचारीहरूले स्वागत गरेका छन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको हो ।घिसिङले करिब ११ महिनापछि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा पदबहाली गरेका हुन्।
नेपालमा हुने गरेको लोडसेडिङ अन्त्य गरेर जनतालाई २४ घण्टा उज्यालो दिने गरेका घिसिङलाई उज्यालो अभियन्ताका रुपमा चिन्ने गरिन्छ। यस्तै वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको श्रेय कुलमानलाई जान्छ। २०७५ वैशाखदेखि देश लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो ।
