सुर्खेतबाट हुम्ला उडेको सीता एयरको विमान ठुलो दुर्घटनाबाट बच्यो
साउन ,हुम्ला – हुम्लाको सिमकोट विमानस्थलमा बेलुका सीता एयरको डोनियर जहाज दुर्घटना हुनबाट बचेको छ । सुर्खेतबाट काग्रोको सामान ढुवानी गरिरहेको जहाज विमानस्थलको रनवेमा अवतरण गर्ने क्रममा टायर पन्चर्ड भएर अहिले साँझा दुर्घटनाबाट बचेको हो ।
नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीका अनुसार रनवेमा ल्याण्ड गरी पार्किङस्थलमा ल्याउने क्रममा टायर पन्चर्ड भएको हो। सीता एयरको नाइनएनएएचडी डोनिएर विमानको पछाडीको टायर पन्चर्ड भएपछि जहाज घिस्रेको थियो ।
विमानमा सवार चालक दलका सदस्य सकुशल रहएको गिरीले जनाए। चालक दलका सदस्यमात्र रहेको सीता एयरलाई अहीले पार्किङस्थलसम्म ल्याइएको छ । नेपालगञ्ज वा सुर्खेतबाट नयाँ टायर ल्याउने तयारी भइरहेको पनि सीता एयरले जनाएको छ ।
