लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ
वुटवल – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएपछि आजै सानो आकारको मन्त्रिमण्डल गठन गरेका छन्।
माओवादी, काँग्रेस, जसपा र स्वतन्त्र सांसदहरुलाई समेट्दै मुख्यमन्त्री केसीले सात सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् । मुख्यमन्त्रीमन्त्री सहित माओवादीबाट २, काँग्रेसबाट १, जसपाबाट ३ जना र स्वतन्त्र एक सांसदलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका छन् ।
मुख्यमन्त्री केसीले काँग्रेसबाट डिल्लीबहादुर चौधरी (सहरी तथा ग्रामिण विकास), माओवादी केन्द्रबाट कृष्णध्वज खड्का (आर्थिक मामिला), जसपाबाट सुमन शर्मा रायमाझी (विना विभागीय), कुर्मती ढेँगा (विना विभागीय) र सहसराम यादव (भौतिक पूर्वाधार मन्त्री) बनेका छन् भने स्वतन्त्र (हृदयेश त्रिपाठी समुह) बाट अजय शाही (विना विभागीय मन्त्री) मा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार केसीलाई बहुमतको दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गरेका हुन् । केसीलाई माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४२ सांसदको समर्थन रहेको छ । केसी रोल्पाको निर्वाचन क्षेत्र १ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।