Gold
Bangad salyan

सय मिटरको पुल बनाउन ७ वर्षसम्म जम्मा यौटा पिल्लर ,

Salyan

असार ३ , कैलाली – पुल बनाउने ठेक्का परेको ७ वर्ष सम्म पनि पुलको यौटा पिल्लर हाल्ने काम पनि भयको छैन । कैलालीको भजनी नगरपालिका-३ ठेकीपुर वडा नम्बर ५ लालबोझी र ७ चर्चालाई जोड्ने कान्द्रा नदीको ठेक्का भयको ७ वर्ष सम्म पनि कुनै काम अगाडी बढ्न सकेको छैन ।

२ वर्षको ठेक्का लिएर ०६८ जेठ ३१ गतेदेखि काम सुरु गरेको लामा शेर्पा जेभी प्रालिले ०७० मंसिर मसान्तसम्ममा पुलको काम सम्पन्न गरिसक्नु पर्ने हो तर बिभागबाट पटकपटक म्याद थप गरेपनि ठेकेदारले अहिलेसम्म पुलको २५ प्रतिशत काम मात्रै सम्पन्न गरेको आयोजनाले जानकारी दिएको छ ।

हुलाकी सडक आयोजना अन्तर्गत ३ करोड ४५ लाख २० हजारको लागतमा ०६८ साल जेठ ३१ गते २ वर्षमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको लामा शेर्पा जेभीले सम्झौता मिति सम्पन्न गर्दासम्म कामको सुरुआतनै नगरेको स्थानीयहरु बताउछन् ।

दुई वर्ष भित्र काम सक्न पर्ने ठेक्का पायका लामा शेर्पाले ७ वर्ष सम्म पनि पुल निर्माण नगर्दा स्थानीयलाई आवत जावत गर्न सारै कठिन भयको स्थानिय बताउछन ।,

नदीमा चल्ने डुंगा समेत बिग्रेर नचले पछि स्थानियको गुनासो कसैले नसुनेको समेत स्थनीय बताउछन ।पुल सय मिटर लामो बनाउने ठेक्का छ। , लामाका अनुसार पुलको डिजाईन फेरेर बनाउने भयकोले ढिला भयको उनि बताउछन ।