नक्कली पत्रकार पोखराका त्रिपाठी प,क्राउ १ करोड रकम असुलेको आरोप

काठमाडौं- पत्रकारको प्रेश कार्ड भिरेर करणी मुद्दा मिलाईदिन्छु भन्दै ठगि गर्ने पोखराका भोजराज त्रिपाठी नक्कली पत्रकार प,क्राउ परेका छन्।

पोखरा महानगरपालिका १८ सराङकोटका ४९ वर्षीय भोजराज त्रिपाठीलाई कास्की प्रहरीले बुधबार प,क्राउ गरेको हो ।त्रिपाठीले नक्कली पत्रकार बनेर अन्य २ पुरुषसँग मिलेर करणी मुद्दाका प्रतिवादीलाई बचाइदिने भन्दै १ करोड रुपैयाँ माग गरेका थिए ।

lekbesi

आफ्नो प्रहरी, वकिल, अदालतसँग सेटिङ रहेको र १ करोड रकम दिए मिलाइदिने नत्र १५ वर्ष जेल जान्छ भनी आश्वासन दिएर पीडकबाट ठगी गरेको पाइएपछि प्रहरीले प,क्राउ गरेको जनाएको छ।

कास्की प्रहरी प्रवक्ता सुवास हमालका अनुसार त्रिपाठीले ‘कम्युनखबर’ को पत्रकार रहेको बताउँदै आएका थिए । उनलाई प्रहरीले कम्युनखबरको प्रेसकार्डसँगै प,क्राउ गरेको छ ।

प्रहरीले यस अघिका घटनामा संलग्न भएको पाएपछि फागुनमै सूर्यलाल खड्का र कमानबहादुर तामाङलाई प,क्राउ गरिसकेको छ। त्रिपाठी भने त्यसयता फरार रहँदै आएका थिए।