Simta
Simta
lekbesi

२६ जनालाई जिउँदै इँट्टाभट्टामा हालेर जलाएका अफताब आलमलाई रिहा गर्ने कांग्रेसको तयारि

Gurvakot

काठमाडौं- रौतहटको राजपुर बम बिस्फोट प्रकरणका योजनाकार भएको आरोपमा पक्राउ परेका नेपाली काँग्रेसका सांसद मोहम्मद अफताब आलमलाई छुटाउने नेपाली कांग्रेसको रणनीति सुरु भएको छ।

१२ वर्षअघि भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट गराएर मान्छे मारेको अभियोग लागेका कांग्रेसका निलम्वित सांसद आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो।

जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सदर गरिसकेको छ । आलमले भने आफूलाई थुनामुक्त गर्ने आदेश माग्दै एक वर्षअघि सर्वोच्चमा निवेदन दिएका थिए।

lekbesi

बाम गठबन्धनको सरकार हुँदा सम्मम मौन बसेका आलम नेपाली कांग्रेसको सरकार बनेपछि सल्बलौना थालेको देखिन्छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले भने आलमको मुद्दामा सुनुवाई गर्न नमिल्ने बताएका छन्।

शुक्रबार आलमको मुद्दा न्यायाधीश प्रकाशमान सिंह राउत र रेग्मीको इजलासमा परेको थियो। न्यायाधीश रेग्मीले आलमको मुद्दासँग सम्बन्धित एउटा निवेदनमा पहिला आदेश गरिसकेकाले अहिले हेर्न नमिल्ने बता।

आलमको यही मुद्दासँग सम्बन्धित एउटा रिटमाथि न्यायाधीश अनिल सिन्हा र रेग्मीको ईजलासले गरिसकेको हुँदा हेर्न नमिल्ने आफू रहितको बेन्च गठन गर्नुपर्ने भन्दै हेर्न नमिल्नेमा रेग्मीले राखेका हुन्।

बम विस्फोटमा परेर घाइते भएकाहरूलाईआलमले बोरामा हालेर ईट्टा बनाउने भट्टामा हालेको थियो । आलमले जसरि पनि चुनाब जित्ने ,बम पडकाएरपनि बुध कब्जा गर्ने उदेश्यले बम बनाउने घरसमेत निर्माण गरेका थिए ।

बम बनाउँदा बनाउने केहि मान्छेले चुरोट खाने गरेका थिए काम गर्ने मान्छेले चुरोट खादै गर्दा चुरोट खसेपछि आगो सल्किएर विस्फोट भएको थियो। घटना बाहिरिने भएपछि उनले प्रहरी सममेतलाई हातमा लिएर घाईते हरुलाई ट्रयाकटरमा हालेर ५, फ़हरेनाईटमा तातीएको भट्टामा खसालेका थिए।

भट्टामा मासिन नाखास्दा खुकुरी बन्चरो समेतले हात खुट्टा काटेर हालीएको थियो। घटना बाहिरिन नदिन आलमले एसपी लक्ष्मन न्यौपानेलाई ४० लाखमा किनेका थिए उनि टिकापुर घटनामा मारीएका थिए। कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि सांसद आलम असोज २६ गते पक्राउ परेका थिए ।

एति ठुलो क्रुद्ध घटना गर्ने ब्याक्तिलाई सर्वोच्चमा जन्मकैदको फैसलाको माग गरिएको छ। प्रहरीले अफताव आलमविरुद्द आठ सय पेज लामो अनुसन्धान रिपोर्टसहित आफ्नो राय जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ ।

सरकारी वकिल कार्यालय रौतहटले आलमसहित १० जनालाई जन्मकैद र तीन वटा कसुरमा मुद्दा दर्ता गरेको छ ।जसमा आलमलाई सर्वस्वसहित जन्मकैद वा आजीवन काराबासको सजायँ मागदाबी प्रहरीले गरेको छ ।

२०६४ चैत २७ गते यमुनामाई गाउँपालिकाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहितका व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर हत्या गरेको भन्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

निर्मम तरिकाले ह,त्या गरेको अभियोग लागेकाहरूमा आलमसहित उनका भाइ महम्मद अफताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज भन्ने शेष सराज, शेख फजलेहक, सगिर आलम, शेख जुमईन भन्ने शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ति साह छन्।मोहम्द आलम

र शेख सेराज पक्राउ परे पनि अरू सबै फरार छन्। उनीहरूका नाममा पक्राउ वारेण्ट जारी गर्न माग गरिएको छ। विस्फोटक पदार्थमा २ वर्षसम्म कैद र २० हजार जरिवाना, ज्यान मार्ने कसुरमा जन्मकैद (बीस वर्ष) र ज्यान मार्ने उद्योगमा दस वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना माग गरी अभियोग पत्र दायर गरिएको छ। यो कसुरमा पीडितलाई न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग दाबी पनि गरिएको छ।

 

Simta