मान्छे मार्ने ट्रकलाई जलाउनु पर्छ भन्दै स्थानीयको आजपनि प्रदर्शन

साउन ३० ,जनकपुरधाम – ट्रकको ठक्करबाट एक जनाको ज्यान गएपछि सर्लाहीको नवलपुर तनावग्रस्त बनेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुर खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख ८२९३ नम्बरको ट्रकले ठक्कर दिँदा लालबन्दी नगरपालिका,२ का ४० वर्षीय रामनरेश महतोको घटनास्थलमै मृ,त्यु भएको हो ।

साइकलमा घाँस बोकेर जाँदै गरेका महतोको हिजो ट्रकको ठक्करले मृ,त्यु भएपछि स्थानीयले ट्रकमा आगजनी गर्न खोजीका थिए।

lekbesi

ट्रक जलाउन पुगेको स्थानीयको भीडलाई प्रहरीले अश्रुग्यास प्रहार गरेर नियन्त्रणमा लिएको छ । प्रहरीले भीड हटाए पनि स्थानीयले अहिले पनि घटनास्थलमा प्रदर्शन गरिरहेका छन्।