कांग्रेस महाधिवेशन मंसिरमा गर्ने निर्णय

काठमाडौँ – नेपाली काङ्ग्रेसको महाधिवेशन आगामी मंसिरमा हुने निर्णय भएको छ। शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो।

भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन मिति तोकेको हो ।

भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने केन्द्रीय समिति बैठकले निर्णय गरेको छ , त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका छ ।

lekbesi

यस्तै वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।