थप २,६२४ जनामा कोरोना संक्रमण २० को मृ,त्यु

साउन ३०, काठमाडौँ – गत २४ घन्टामा नेपालभरीबाट २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

८,६६७ एन्टिजेन परीक्षणमा १,९४७ र ४,९०६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

यो पछि नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख ३० हजार ४७९ पुगेको छ । यस्तै मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घन्टामा १,३२० जना संक्रमणमुक्त भएका छन् ।

lekbesi

यो पछि हाल सम्म निको हुनेको संख्या ६ लाख ८० हजार ८१५ जना संक्रमणमुक्त भएका छन्। गत पछिल्लो समयमा २० जनाको कोरोनाबाट मृ,त्यु भएपछि हाल सम्म १० हजार २५९ जनाले कोरोनाका कारण ज्यान गुमाईसकेका छन्।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३९ हजार ४०५ जना रहेको छ । जसमध्ये ३६ हजार २ जना होम आइसोलेसनमा र ३४०३ जना संस्थागत आइसोलेसनमा छन् ।