काठमाडौं उपत्यकामा ७९५ जना संक्रमित फेला

साउन ३०, काठमाडौँ – गत २४ घन्टामा काठमाडौं उपत्यकामा ७९५ जना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा ५३५, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घन्टामा नेपालभरीबाट २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८,६६७ एन्टिजेन परीक्षणमा १,९४७ र ४,९०६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत पछिल्लो २४ घन्टामा २० जनाको कोरोनाबाट मृ,त्यु भएपछि हाल सम्म १० हजार २५९ जनाले कोरोनाका कारण ज्यान गुमाईसकेका छन्।

lekbesi