surkhet

हाइटीमा शक्तिशाली भूकम्प तीन सय बढीको मृ,त्यु

surkhet

साउन ३१ ,काठमाडौँ – हाइटीमा शक्तिशाली भूकम्पबाट तीन सय ४ जनाको मृ,त्यु भएको छ भने १८ सय बढी घाईते भएका छन्।

शनिबार बिहान हाइटीको सेन्ट लुईस डू सुड सहरदेखि १२ किलोमिटर नजिकै केन्द्रविन्दू भएर ७.२ म्याग्निच्युटको भूकम्प गएको थियो । भूकम्पबाट घर, चर्च, होटेल लगायतका संरचनाहरु भत्किएका छन् ।

Dailekh
Gorkha

भूकम्पबाट ठूलो क्षति भएपछि त्यहाँका प्रधानमन्त्री एरियल हेनरीले एक महिने संकटकालको घोषणा गरेका छन् ।सन् २०१० मा गएको विनाशकारी भूकम्पबाट थोलो क्षति वेहोरेको हाइटीमा अर्को ठुलो बज्रपात परेको हो।

त्यसबेला भूकम्पमा परी २ लाख मानिसले ज्यान गुमाएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडनले भूकम्पबाट प्रभावित हाइटीमा तत्काल राहत सहयोग गर्न यूएसआइडीलाई स्वीकृत गरेका छन्।

 

salyan