surkhet

माओवादी केन्द्रीय समिति बैठक जारी ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन

surkhet

साउन ३१ ,काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ । स्थायी समिति लगत्तै केन्द्रीय कमिटी बैठक बस्ने केन्द्रले जनाको छ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा नेताहरुले कार्यविभाजन लगायतका विषयमा छलफल गरिरहेका छन्। हिजो शनिबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रुपमा आज छलफल हुँदैछ ।

Gorkha

छलफल गर्न केन्द्रीय सदस्यहरुलाई आठ वटा समूहमा बाँडिएको छ । प्रचण्डले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् ।

Dailekh

भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाउने, असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन, कात्तिक ३० गते जिल्ला सम्मेलन र मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ ।

केन्द्रीय महाधिवेशन नहुँदासम्म २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव प्रचण्डले गरेका छन् । पार्टीका सबै समितिमा ३५ प्रतिशत महिला र २० प्रतिशत युवालाई राख्ने तथा केन्द्रीय कमिटीमा १५ प्रतिशत सदस्य दलितलाई राख्ने प्रस्ताव प्रचण्डले गरेका छन् । पार्टीको सांगठनिक संचरना तथा राष्ट्रिय सम्मेलनको विषयमा समेत बैठकले निर्णय गर्ने तयारी रहेको छ।

salyan