थप २ हजार २१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमान्डौ – गत पछिल्लो २४ घण्टामा नेपालभरीबाट थप २ हजार २१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४ सय १९ गरी २ हजार २१२ जनामा संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट निको हुनेको संख्या १८६७ रहेको छ भने संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ।
हिजो अस्तिको दिन भन्दा आज कोरोना संक्रमितको संख्या केही घटेको छ ।

lekbesi

यस्तै देशमा कोरोनाको तेस्रो लहर आउन सक्ने भएको भन्दै सबै सतर्क रहनपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।