महन्थ ठाकुरको रिटमा सर्वोच्च अदालतले दिएन अन्तरिम आदेश

काठमाडौँ- सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमम दिएको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टीको आधिकारिकता दिएपछि ठाकुर पक्षले असन्तुष्टि जनाउँदै सर्वोच्च पुगेको थियो। ठाकुरको निवेदनमा सुनुवाई गर्दै न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको अधिवक्ता दीपक राईले जानकारी दिए ।

निर्वाचन आयोगले साउन ११ गते लिएको निर्णय कार्यान्वयनमा रोक लगाइ पाउँ भन्दै महन्त ठाकुर पक्षले सर्वोच्चमा रिट दिएका थिए। जसपाका ५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले उपेन्द्र यादव पक्षलाई समर्थन गरेका थिए भने महन्थ ठाकुर पक्षमा १६ जना देखिएका थिए ।महन्थ ठाकुर

त्यस्तै रेशम चौधरी तटस्थ बसेका थिए । बहुमत सदस्यले समर्थन गरेपछि आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो।