रेशम चौधरी सहित टीकापुर घटनाका बन्दीलाई रिहाइ गर्न थरुहट थारुवान मोर्चाको माग

काठमाडौँ- थरुहट थारुवान राष्ट्रिय मोर्चाले संसाद रेशम चौधरीसहित टीकापुर घटनाका बन्दीलाई रिहाइ गर्न माग गरेको छ। मोर्चाले सोमबार विज्ञप्ति जारी गर्दै २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारु विद्रोहका क्रममा भएको घटनाका बन्दीहरुलाई सम्मानजनक रिहाइ गर्न माग गरेको छ।

टीकापुर जनविद्रोहलाई सामान्य न्यायिक प्रक्रियाबाट नभई राजनीतिक प्रक्रिया र सहामतिबाट निरुपण गरिनुपर्ने मोर्चाले जनाएको छ। यस्तै टीकापुर जनप्रदर्शनमा ३० हजार बढी स्थानीय जनसमुदाय साहभागि थिए।

त्यस दिन टीकापुर जनसभामा सहभागी जनता यहि लोकतान्त्रिक विश्वासका साथ् आफ्ना माग राख्ने अधिकारसहित आएकै बेला थारुका माग साहित् बाझिने धारण र सोचाई राखेकाहरुको त्यतिकै भरमा थारुलाई वाञ्चित र दमन गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।

lekbesi

टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणमा परी जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ६ सुरक्षाकर्मीको मृत्यु भएको थियो भने दुई वर्षका बालक टेकेन्द्र साउदको पनि मृत्यु भएको थियो।

यो घटनामा निर्दोषले ज्यान गुमाएको र जनासाभामा घुसपैठ गरेका तत्वहरुले थारु आन्दोलनलाई बाद्नाम गर्न थारुका मागहरुलाई निस्तेज गर्न उक्त घटना घटाईएकको थरुहट थारुवान राष्ट्रिय मोर्चाले जनाएको छ।

उक्त घटनामा अहिले जेलजीवन बिताईरहेका संसाद रेशम चौधरीलाई २०७४ सालको उपचुनावमा कैलाली १ का जनताले अत्यधिक बहुमतले जिताएका थिए। संसाद चौधरीले २१ हजार मत प्राप्त गरेका थिए। यस्तै सो चुनावममा जनताले रेशम चौधरीलाई मात्र नचुनेर राज्याको संरक्षणमा लादिएको दमन र विपक्षमा मत दिएकको विज्ञप्तिमा जनाईएको हो।

थारु विद्रोहका क्रममा पक्राउ परेका बन्दीको रिहाइ लगायतका माग गर्दै मोर्चाले मंगलबारदेखि तीन दिन काठमाडौंको माइतीघरमा ‘थारु प्रदर्शन’ गर्ने पनि विज्ञप्तिमार्फत जनाएको छ ।