विश्वकपमा सर्बियाद्वारा कोष्टारिका १–० गोलअन्तरले पराजित ,,

असर ३ – एजेन्सी । फिफा २०१८ वर्ल्डकप रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘ई’ को खेलमा सर्बियाले जित हात पारेको छ । सर्बियाले कोष्टारिकालाई १–० गोलअन्तरले पराजित गरेको हो । सर्बियाको जितका लागि जर्सी नम्बर ११ का एलेक्जेन्डर कोलारोभले गोल गरेका हुन् ।

पहिलो हाफसम्म भने दुबै टिमले गोल रहित बराबरी खेलेका थिए । दुबै टिमले गोल गर्ने अवसर पाएपनि त्यसको सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएका थिए । खेलको ५६ औं मिनेटमा एलेक्जेन्डरले गोल गर्दै सर्बियालाई अग्रता दिलाएका थिए । उनले फ्रि किकबाट उत्कृष्ट गोल गरे । उनकै निर्णायक गोलमा सर्बियाले जित हात पारेको हो खेलको अन्त्य सम्म केहि आक्रामक खेल भयको देखिन्छ ।