Gold

माधव नेपालसहित १४ सांसदको पद खारेज गर्न संसद् सचिवालयलाई पत्राचार

Naumule Migrate

काठमान्डौ – प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ सांसदलाई कारबाही गर्न संसद सचिवालयमा पत्र पठाएका छन् ।

सरकारले दल विभाजनलाई सहज बनाउने गरी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेकै दिन ओलीले वरिष्ठ नेता नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाएका हुन् ।

संसद् सचिवालय स्रोतका अनुसार माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरीलाई सांसद पदबाट हटाउन भन्दै पत्र आएको हो ।

उनीहरुले दलको ह्वीप उल्लंघन गरेकाले उनीहरुलाई कारबाही गरेको एमालेको पत्रमा उल्लेख छ। गठबन्धन सरकार गठन आह्वान गर्दा शेरबहादुर देउवालाई समर्थन गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेका थिए।

Naumule Badhipahiro