इतिहासमा पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य

भदौ ३ ,काठमान्डौ- अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएसँगै पहिलो महिला मुख्यमन्त्री बनेर इतिहास रचेकी हुन् । संघीयतामा प्रवेश गरेपछि पहिलो पटक महिलाले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको हो।

बुधबार एमाले नेतृ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकि हुन्। २०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनपछि संघीयता अन्तर्गत हाल सम्म सातै प्रदेशमा पुरुष नै मुख्यमन्त्री छन्।

बुधबार डोरमणि पौडेलले एमाले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि एमालेकै नेतृ अष्टलक्ष्मी शाक्य एमालेको संसदीय दलको नेता चुनिँदै उनि मुख्यमन्त्री नियुक्त भएकि हुन्।

यस्तै आफूविरुद्द अविश्वासको प्रस्ताव नआउने गरी मुख्यमन्त्री बनेको उनले बताइन् । आफूलाई माओवादी र कांग्रेसको पनि समर्थन रहने उनको दाबी छ ।