प्रदेश २ मा एमाले समाजवादी पक्ष बलियो ओलीलाई झट्का

भदौ ४, काठमान्डौ – नेकपा एमाले विभाजन हुँदा प्रदेश २ मा नेकपा एमाले समाजवादी पक्ष बलियो देखिएको छ ।

प्रदेश २ मा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आ आफ्नै पक्ष बलियो दाबी गर्ने गरेका छन । तर धेरै जस्तो प्रदेश २ का सांसदहरु नेकपा समाजवादीमै खुलेको पाइएको छ ।

हालसम्म प्रदेशका १३ सांसद माधव नेपाल नेतृत्वको एमाले समाजवादीमा खुलेका छन् भने एमालेमा ८ सांसद रहेको बताइएको छ । यस्तै एमाले समाजवादीका अध्यक्ष नेपालको गृहजिल्ला भएकोले अझै थप सांसदहरु खुल्ने अनुमान गरिएको छ ।

lekbesi

प्रदेश सांसदहरु गोविन्दबहादुर न्यौपाने, डिल्ली उप्रेती, प्रमोद यादव, शत्रुधन महतो, अशोक यादव, मदनसेन श्रीवास्तव, मन्जु यादव, रवीन्द्र बैठा, बेची लुंगेली, हसिमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा, सीता गुरुङ एमाले समाजवादी कित्तामा खुलेर लागेका छन।

एमाले समाजवादीले कानूनी रुपमा वैधता पाएपछि सरकारमा सहभागीहुने समेत तयारी भइरहेको एक नेताले बतए ।