Simta
Simta
lekbesi

तामे नौमुले सडकको हरिबिजोग सर्वसाधारण जनतालाई सास्ती

Gurvakot

भदौ ६ ,काठमाडौं – दैलेख नौमुले सडक अन्तर्गत तामे नौमुले सडकको यात्रा सर्वसाधारण जनताको लागी मृ,त्युलोकको यात्रा जस्तै बनेको छ ।

यस सडक खण्ड अन्तर्गत खजुरीको जङ्गल क्षेत्रमा माथीबाट आएको पहिरो र खोल्साको भलपानीले ल्याएको गग्रेटो ढुङ्गाको थुप्रो सडकमा आउँदासवारी साधनमा यात्रा गर्न निकै कठिन भएको छ ।

करिब एक महिना अगाडिबाट गाँउपालिका देखी दैलेख सदरमुकाम जाने उक्त सडकको यो हालत हुँदा नौमुले गाँउपालिको सरकारले उक्त सडक सफा गर्न कुनै चासो र चिन्ता देखाएको छैन ।

lekbesi

हाम्रो गाँउपालिकाका अध्यक्ष भदे बुढा यही बाटोमा चिल्लो गाडी गुडाउदै हिंड्नुहुन्छ तर हामी जनताको जीउ ज्यानको कुनै मतलबै छैन, सडक सफा गर्ने बजेट कहाँ जान्छ हामी यस्तो बाटोमा जीवन र मृ,त्युको यात्रा गरिएका छौं ” भन्ने गुनासो व्यक्त गर्छन् स्थानीयहरु ।

यहीँ सडक खण्डमा बाटो स्तरउन्नति भन्दै गाँउपालिकाले विभिन्न आर्थिक वर्षमा गरेर चार करोड जति सरकारि बजेट खर्च गरिसकेको छ तर सडकको हालत सुधार हुनुको साटो झन झन बिग्रेको छ ।

कमिसन खान सडक स्तर उन्नतिका नाममा मोटो रकम विनियोजन गर्ने तर भौगोलिक र प्राविधिक आवश्यकता अनुसार होमपाइप , नाला ग्याविङ जाली लगायत मेसिनरी वालको प्रयोग नगरी डोजरको मात्रै प्रयोग गर्दा सडक को अवस्था यस्तो भएको हो एक गाडी चालकले गुनासो गर्नुभयो ।

सडक सफा गर्ने गाउपालिका को योजनाको विषयमा अध्यक्ष सङ्ग बुझ्न् खोज्दा सम्पर्क हुन सकेन यस्तो गैरजिम्मेवारिपनले गाउँबस्तीमा आफ्नो सकारात्मक प्रचार लागि राजनितिक क्रेज बनाउन केहि मिडियाक्रमिलाई किनेरनौमुले गाउँपालिका अध्यक्ष भदे बुढा ले आफु सडक प्रेमी नेता भएको भन्दै गरिएको मिडियाबाजी हल्ला आफ्नो कमजोरी ढाकछोप गर्ने अफवाह सिद्ध भएको छ ।

पछिल्लो चरणमा यस्ता दर्जनौं गैरजिम्मेवार काम र भ्रष्ट आचरणका खलनायक भनेर चिनिन्छ्न भदे बुढा । राज्यको धनको दुरुपयोग गर्दै भदे बुढा अकुत सम्पत्तिको मालिक भएको गुनासो गर्दै सम्पत्ति छानबिनको लागी कानुनी दायरा ल्याउनु पर्ने स्थानीयले बताएका छन् ।

समृद्ध नौमुलेको लक्ष्य लिएको गाउँपालिका ले ५ वर्षे कार्यकाल सकिनै लाग्दा सम्म सदरमुकामसंग जोडिएको गाउँपालिकाको सडक पक्की गराउन नसक्नु लज्जाको बिसय हो। प्रचारमुखी भन्दा पनि परिमाणमुखी काम गर्नुपर्ने हो तर गाउँपालिकाको टिमले त्यो गर्न नसकेको कुरा यहीँ सडकको तस्वीरले प्रष्ट पार्छ।

 

Simta