Simta
Simta
lekbesi

बिश्व हिन्दु परिषद् द्वारा पुजारी हत्याकाण्डको विभिन्न सरकारी निकाएमा ज्ञापन पत्र

Gurvakot

भदौ ६ ,काठमाडौं – विश्व हिन्दू परिषदले पुजारी हत्याकाण्डको विभिन्न सरकारी निकाएमा ज्ञापन पत्र बुझाएको छ। गत २०७७ भाद्र ०३ गतेका दिन माधव नारायण नगरपालिका वडान. २ खेशरहिया स्थित हनुमान मंदिरको पुजारी श्री राम शाहलाई राती खाना खाई रहेको बेलामा बेधर्मीहरु गोलि हानि हत्या गरेका थिए।

यस्तै हत्या आरोप लागेका अपराधी (प्रतिवादी)हरु लाई अदालतमा मुद्दा चलीरहेको अवस्थामा सम्बन्धित मध्ये एक जना शेख नुरूलाह( स्थानीय वडा अध्यक्ष) लाई अदालतमा हाजिर भएको एक घण्टामा नै साधारण तारेखमा रिहा गरिएको थियो।

पहुचको आधारमा हत्यारा छुट्दै गएपछी विश्व हिन्दु परिषद्ले सरकारको माथिल्लो निकायलाई जिल्ला प्रशासन कार्यालय मार्फत जानकारी गराई रहेको पनि छ।

lekbesi

सम्बन्धित निकायले यसमा ध्यान दिएन भने, भोलिको दिनमा हिन्दु धर्ममा आस्था राख्ने धर्म अनुरागीहरूले साधु हत्याको न्यायका लागि समाजिक स्तरमा चुप लागेर बस्न सक्ने अवस्था छैन् भन्ने कुराको जानकारी गराउने उद्देश्यले विश्व हिन्दू परिषदले ज्ञापन पत्र बुझाएको हो।

जिल्ला प्रशासन कार्यालय मार्फत प्रमको कार्यालय, गृह मन्त्रालय,मानव अधिकार, सम्मानित सर्वोच्च अदालत एवं सम्मानित न्याय परिषद् लगायत जिल्ला प्रशासन कार्यालय लाई छुटा छुट्टै दिएका छौ ।

ज्ञापन पत्र परिषद्का जिल्ला अध्यक्ष आलोक पाण्डेयले पढेर सुनाउनु भएको थियो भन्ने, कार्यक्रममा युवा संयोजक नन्द भुषण श्रीवास्तव, परिषद्का संचार प्रमुख चन्चल झा, उपाध्यक्ष रणधीर ठाकुर, समाजसेवी अभितेन्द्र श्रीवास्तव, परिषद् का महादेव पट्टी प्रमुख धर्म राज पटेल, युवा अभियन्ता एवं पत्रकार सतेन्द्र प्रताप सिंह,रेड टि भी का स्टेशन म्यानेजर अरविन्द यादव, राजदेवी एफएम का प्रत्रकार एवं परिषद् का विशेष सहयोगी श्री कान्त यादव लगायत संचार कर्मी हरु को साथै समाज का लब्ध प्रतिष्ठित महानुभावहरुको उपस्थिति रहेको थियो ।

 

Simta