समृद्ध कर्णाली, सुखारी कर्णालीवासीका मुख्यमन्त्रीको १० लाख हेलिकटर यात्रा

भदौ ६, सुर्खेत – कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यक्रममा सहभागी हुन हेलिकटर चार्टर गरेका छन् । ०७६/७७ मा मुगु, कालिकोट, हुम्ला र जुम्लामा सामुदायिक नर्सिङसम्बन्धी कार्यक्रमको अनुगमन गर्न गएको मुख्यमन्त्रीको टोलीले हेलिकप्टर भाडामा मात्र १० लाख खर्चेको हो ।
अनुगमनमा मुख्यमन्त्री सहित सामाजिक विकासमन्त्री, प्रमुख सचिव र स्वास्थ्य सेवा कार्यलयका निर्देशक थिए । कार्यालयबाटै अनुगमन गर्न सकिने सामान्य कार्यक्रमका लागि हेलिकप्टर चार्टर गरी निरिक्षण गर्ने कार्यमा उपयुक्त सुधार हुनुपर्छ, महालेखाले जनाएको छ ।
यस्तै कालिकोट र बाजुराको सीमानामा पर्ने बडिमालिका मन्दिर दनर्शनका लागि सान्नित्रिवेणी गाउँपालिकाले कर्मचारीहरुलाई हेलिकोप्टर चार्टर गरेर ओसारपसार गरेको पाईएको छ।
गाउँपालिका प्रमुखप्रशासकीय अधिकृत नेत्रराज शाहीका अनुसार कर्मचारीहरुलाई हेलिकोप्टरमार्फत बडिमालिकाको दर्शन गर्ने वातावरण मिलाई छ। कर्मचारीहरुको एक महिनाको तलव काट्नेगरी हेलिकोप्टरमार्फत ओसार पसार गरेको शाही बताउँछन्।